शुक्रबार, असोज २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

बाढीपीडितको सहयोगार्थ कुमारी बैंकका कर्मचारीद्वारा ४५ लाख ९७ हजारभन्दा बढी सहयोग

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

त्रिशूली-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा उद्धारका लागि कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्। बैंकका कर्मचारीहरूले आफ्नो तलबबाट स्वेच्छिक रूपमा कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ४५,७९,३५३.५० (पैंतालिस लाख उन्यासी हजार तीन सय त्रिफन्न रुपैयाँ पचास पैसा) योगदान गरेका हुन्।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावितहरू प्रति ऐक्यबद्धता जनाउँदै कर्मचारीहरूले सो रकम संकलन गरेका हुन्। संकलित रकमले बाढीप्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका कार्यक्रमहरू सञ्चालन गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ। कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ प्राथमिकतामा राख्दै विपद्को समयमा समुदायको साथमा उभिने परम्परालाई निरन्तरता दिँदै आएको छ। कर्मचारीहरूको यस योगदानले मानवीय संवेदना, सामाजिक एकता र राष्ट्रप्रतिको उत्तरदायित्वलाई थप मजबुत बनाएको बैंकको भनाइ छ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली-भोटेकोशी बाढी प्रभावित नागरिकहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ करोड सहयोग हस्तान्तरण गरिसकेको छ। साथै, गृह मन्त्रालयलाई उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन रु. ३९ लाख बराबरका अत्याधुनिक ड्रोन, पावर बैंक र जेनेरेटरलगायतका विपद् व्यवस्थापन सामग्रीहरू उपलब्ध गराएको थियो।

प्रकाशित: Oct 09, 2026| 16:24 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्