शुक्रबार, असोज २३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंकको ४२औं सभाले पारित गऱ्यो ५ प्रतिशत बोनससहित १५.८० प्रतिशत लाभांश

नबिल बैंकको ४२औं सभाले पारित गऱ्यो ५ प्रतिशत बोनससहित १५.८० प्रतिशत लाभांश

 |  शुक्रबार, असोज २३, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २३, २०८३

काठमाडौं- ​नबिल बैंकको ४२औं वार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस सेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंमा सम्पन्न बैंकको साधारण सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट साधारण सेयरधनीका लागि प्रस्ताव गरिएको उक्त लाभांश पारित गरेको हो।

सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीका लागि ८ प्रतिशत लाभांश समेत पारित गरेको छ। साधारणसभा उद्घाटन कार्यक्रममा पहिलो पटक मौलिक संस्कृतिको प्रवर्द्धन गर्दै प्रस्तुति प्रस्तुत गरिएको थियो।

साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट साधारण शेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयरपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रूपैयाँ नाघेको छ। आर्थिक वर्ष २०८२/८३ मा चुक्ता पुँजी  १३.०६ प्रतिशतले बढेर ६ खर्ब २ अर्ब ९३ करोड रूपैयाँ पुगेको बैंकले जनाएको छ। साथै सोही अवधिमा कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रूपैयाँ अर्थात् १२.१५ प्रतिशतले बढेर ४ खर्ब ७६ अर्ब ८७ करोड रूपैयाँ पुगेको छ।

बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वासलातको आकार १५.३८ प्रतिशतले बढेर ७ खर्ब ३४ अर्ब ७६ करोड रूपैयाँ पुगेको छ। सभामा अध्यक्ष चौधरीले नबिल बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राख्दै बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए।

बैंकदेश, समाज, सेयरधनी, ग्राहक, नियमनकारी निकाय, कर्मचारीलगायतका विभिन्न सरोकारवालाहरूको अधिकार र चासोको कदर गर्दै अत्यन्त सजग र सन्तुलित व्यवहारमा विश्वास राखेर काम गर्दै आएको र सामाजिक उत्तरदायित्वमा पनि सक्रिय रहेको अध्यक्ष चौधरीले उल्लेख गरे।

नबिल बैंक स्थापना गर्दाको चुक्ता पुँजी हाल ९६० गुणाले वृद्धि भएको जनाइएको छ।

साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई निर्विरोध निर्वाचित गरेको छ।

प्रकाशित: Oct 09, 2026| 16:33 शुक्रबार, असोज २३, २०८३
प्रतिक्रिया दिनुहोस्