आइतबार, असोज २५, २०८३

निर्जीवन बीमा कम्पनीको व्यवसाय २१ प्रतिशतले बढ्यो

 |  आइतबार, असोज २५, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, असोज २५, २०८३

काठमाडौं- चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिना अर्थात् भदौ मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीले कुल नौ अर्ब ८३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। 

गत आर्थिक वर्ष २०८२/०८३ को भदौ मसान्तसम्म यी कम्पनीले आठ अर्ब १२ करोड ८१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। गत वर्षको तुलनामा चालू आर्थिक वर्षमा कुल बीमाशुल्क संकलन २०.९७ प्रतिशतले बढेको हो। 

चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सबैभन्दा बढी एक अर्ब नौ करोड ५० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ४४ लाख रुपैयाँ संकलन गरेको थियो। त्यस्तै शिखर इन्स्योरेन्सले एक अर्ब चारकरोड ३४ लाख रुपैयाँ संकलन गरेको छ जुन गत वर्षको ८४ करोड ८२ लाख रुपैयाँभन्दा बढी हो।एनएलजी इन्स्योरेन्सले ९७ करोड १७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ६८ करोड ७५ लाख रुपैयाँ थियो। 

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९६ करोड १७ लाख रुपैयाँ संकलन गरेको छ, जबकि गत वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड १७ लाख रुपैयाँ संकलन गरेको थियो। सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ८९ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ७७ करोड ३३ लाख रुपैयाँ थियो। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ८२ करोड ५२ लाख रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको ६२ करोड ९१ लाख रुपैयाँभन्दा बढी हो।त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्सले ७४ करोड ६ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ७० करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। 

गत वर्षको सोही अवधिमा यी कम्पनीले क्रमशः ५९ करोड ५० लाख रुपैयाँ र ५८ करोड १ लाख रुपैयाँ संकलन गरेका थिए। युनाइटेड अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ६१ करोड ७२ लाख रुपैयाँ संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ५७ करोड ४८ लाख रुपैयाँ थियो। 

नेपाल इन्स्योरेन्सले ४३ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्सले गत वर्षको तुलनामा बीमाशुल्क संकलन घटाएको छ। कम्पनीले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ४२ करोड २६ लाख रुपैयाँ संकलन गरेको छ जबकि गत वर्षको सोही अवधिमा ४९ करोड ३७ लाख रुपैयाँ संकलन गरेको थियो। नेशनल इन्स्योरेन्सले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ४१ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन ३५ करोड दुई लाख रुपैयाँ थियो। 

राष्ट्रिय बीमा कम्पनीले ३६ करोड ३० लाख रुपैयाँ संकलन गरेको छ जुन गत वर्षको २९ करोड ८१ लाख रुपैयाँभन्दा बढी हो। प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको भदौ मसान्तसम्म ३४ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ३२ लाख रुपैयाँ संकलन गरेको थियो। 

एनएलजीको सर्वाधिक ४१.३५ प्रतिशत, हिमायलन एभरेष्टको ३५.१२ प्रतिशत, आईजीआईको ३१.१७ प्रतिशत, ओरिएण्टलको २४.४५ प्रतिशत, शिखरको २३.०१ प्रतिशत, सलिकोको २२.४३ प्रतिशत, नेकोको २१.८६ प्रतिशत र राष्ट्रिय बीमाको २१.७९ प्रतिशतले बढेको छ। यता नेपाल र नेशनल इन्स्योरेन्सको १७.५१ प्रतिशत, सिद्धार्थ प्रिमियरको १५.७७ प्रतिशत, यूनाइटेड अजोडको ७.३९ प्रतिशत, प्रभुको ६.७१ प्रतिशतले बढेको छ भने सानिमा जीआईसीको १४.३८ प्रतिशतले घटेको छ।

प्रकाशित: Oct 11, 2026| 05:52 आइतबार, असोज २५, २०८३
प्रतिक्रिया दिनुहोस्