मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बिगमार्टमा सामान किन्दा १५ तोला सुन र १५ वटा स्मार्टफोन जित्न सकिने

बिगमार्टमा सामान किन्दा १५ तोला सुन र १५ वटा स्मार्टफोन जित्न सकिने

 |  आइतबार, असार १६, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार १६, २०८१

काठमाडौं- बिगमार्टले १५ औँ वार्षिकोत्सवको अवसरमा एक महिनासम्म विभिन्न छुट तथा उपहारको अभियान घोषणा गरेको छ।

National life

बिगमार्टले आफ्नो ग्राहकहरूको लागि १५ तोला सुन, १५ वटा स्मार्ट फोन, आकर्षक छुट र अफरहरू ल्याएको हो।

१५ औँ वार्षिकोत्सवको छुट तथा उपहारको अभियान यही जुलाई महिनाभर सञ्चालन हुनेछ। जुलाई १, २०२४ देखि जुलाई ३१, २०२४ सम्म बिगमार्टको आउटलेटहरुमा गएर यो उत्सवको अभियानमा जो कोही पनि सहभागी हुन सक्नेछन्।

१५ वर्षसम्मको अनवरत यात्रामा सधैँ साथ, समर्थन र हौसला दिने लाखौँ ग्राहकहरूप्रति कृतज्ञता जाहेर गर्न बिगमार्टले यो अभियान सञ्चालन गरेको हो।

नेपालको खुद्रा बजारमा बिगमार्टले १५ वर्ष पार गरेको अवसरमा १५ जना भाग्यशाली ग्राहकहरूलाई १५ तोला सुन (प्रति व्यक्ती एक तोला) र १५ वटा स्मार्टफोन (प्रति व्यक्ती एक थान) प्रदान गरिनेछ। यो एक महिनाको अवधिमा बिगमार्टमा ७५० रुपैयाँ वा सो भन्दा बढीको किनमेल गर्ने ग्राहकहरू स्वतः भाग्यशाली ‘ड्र’ मा प्रवेश गर्नुहुनेछ।

Laxmi sunrise bank
kumari

यसबाहेक बिगमार्टमा किनमेल गर्दा स्मार्ट क्यु.आर मार्फत भुक्तानी गर्ने ग्राहकहरूले १०% डिस्काउन्ट वा सय रुपैयाँ छुटमध्ये जुन कम हुन्छ त्यो तत्काल प्राप्त गर्नुहुनेछ। यो उत्सवको महाअभियानमा सबै ग्राहकहरूको लागि केही न केही छ भन्ने सुनिश्चित गर्न थुप्रै सामानहरूको मूल्यमा विशेष छुट दिइनेछ।

१५ वटा स्मार्टफोन जित्नको लागि बिगमार्टका आउटलेटहरुमा राखिएका फोटोबुथमा आफ्नो फोटो खिच्नुपर्नेछ। बिगमार्टले आधिकारिक सोसल मिडिया पेजमा ती फोटोहरू अपलोड गर्नेछ। अपलोड गरिएका फाटोहरू आफ्नो सामाजिक सञ्जालमार्फत सेयर गर्नुपर्नेछ।

१५ औँ वार्षिकोत्सवको भव्य अभियान र उत्सवमा सामेल हुन र उत्कृष्ट अफर तथा पुरस्कारहरू जित्नको लागि बिगमार्ट सबैलाई आमन्त्रित गर्दछ। बिगमार्ट नेपालको अग्रणी खुद्रा चेन हो, जसले किराना, ताजा उत्पादन, घरायसी वस्तुहरूसहित विभिन्न उत्पादनहरू उपलब्ध गराउँछ।
 

प्रकाशित: Jun 30, 2024| 18:57 आइतबार, असार १६, २०८१
प्रतिक्रिया दिनुहोस्