मंगलबार, पुस ८, २०८२

रिद्धि सिद्धि सिमेन्टको छात्रवृत्ति कार्यक्रम

 |  शुक्रबार, असार १४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

National life
Laxmi sunrise bank
kumari

रिद्धि सिद्धि सिमेन्टले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत मकवानपुर जिल्लालाई लक्षित गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द एअर २०८१’ को छात्रवृत्ति कार्यक्रम पुनः सञ्चालनमा ल्याएको छ ।

सो छात्रवृत्ति कार्यक्रमअन्तर्गत २०८० सालमा परीक्षा दिएको र २०८१ सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका सम्पूर्ण मकवानपुर जिल्लाको विद्यार्थी सहभागी हुन सक्नेछन् । जसअनुसार एसईईमा ३ दशमलव ५ जिपिएदेखि ४ जिपिए ल्याएको खण्डमा छात्रवृत्ति कार्यक्रममा सहभागिताको लागि योग्य मानिने कम्पनीले जनाएको छ ।

गत वर्ष आयोजना गरिएको छात्रवृत्ति कार्यक्रममा कुल ११ विद्यार्थी लाभान्वित भएका थिए । छात्रवृत्तिअन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रूपमा ५ हजार रुपैयाँ, दोस्रो हुनेलाई ३ हजार ५००, तेस्रो हुनेलाई २ हजार ५०० रुपैयाँ साथै सान्त्वना स्वरूप थप १२ विद्यार्थीलाई मासिक रूपमा १ हजार ५०० कम्पनीले १ वर्षसम्म उपलब्ध गराउनेछ ।

प्रकाशित: Jun 28, 2024| 17:07 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्