शनिबार, जेठ २४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • डार्क फाइल अडियो प्रकरण: सिधा कुराका अध्यक्ष र सम्पादकविरूद्ध मुद्दा

डार्क फाइल अडियो प्रकरण: सिधा कुराका अध्यक्ष र सम्पादकविरूद्ध मुद्दा

 |  शुक्रबार, असार १४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १४, २०८१

vianetvianet

काठमाडौं- सिधा कुरा डटकमका अध्यक्ष र सम्पादकसहित तीन जनाविरूद्ध मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जनाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सिधा कुरा डटकमका अध्यक्ष तथा प्रस्तोता युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगाना र राजकुमार तिमल्सिनाविरूद्ध मुद्दा दायर भएको छ। सिधा कुराले डार्क फाइल भन्दै अडियोसहित समाचार प्रकाशन गरेको थियो। उक्त अडियो तिमल्सिनाले उपलब्ध गराएको भनिएको थियो।

तीनै जनालाई फरार प्रतिवादी बनाएर मुद्दा अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालतले गत वैशाख २३ गते आदेश गरेपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले डार्क फाइलको अडियो प्रकरणबारे छानबिन गरेको थियो।

उनीहरू तीनै जनाविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको र अपमानजनक व्यवहार सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो। सिधा कुरा डटकमले प्रसारण गरेको डार्क फाइलमा जोडिएका अधिवक्ता किशोरकुमार विष्ट, कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, क्याप्टेन रामेश्वर थापा, पत्रकार सुरेन्द्र काफ्ले लगायतसँग सीआईबीले घटना विवरण कागज गराएको थियो।

प्रकाशित: Jun 28, 2024| 14:19 शुक्रबार, असार १४, २०८१
प्रतिक्रिया दिनुहोस्