सोमबार, साउन ११, २०८३

रोनाल्डोलाई रियलमा समर्थकले समेत सम्झि रहेका छन् : मार्सेलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- रियल मड्रिडका स्टार लेफ्ट ब्याक मार्सेलोले रोनाल्डोलाई सम्झिँदै भावुक प्रतिक्रिया दिएका छन् । रियलमा रहँदा रोनाल्डोका सबै भन्दा मिल्ने साथी बनेका मार्सेलोले उनलाई मैदानमा र मैदान बाहिर पनि उत्तीकै सम्झि रहेको प्रतिक्रया दिएका छन् । 

‘संसारकै उत्कृष्ट खेलाडी आफ्नो टोलीमा नरहेपछि उनलाई सम्झिनु स्वभाविक हो ।’ मार्सेलोले भने, ‘जुनै टोली पनि रोनाल्डोलाई आफ्नो टोलीमा रहेको हेर्न चाहन्छ । रियल जहिलेसम्म रियल रहन्छ, खेलाडी आउने-जानेक्रम त चलिरहन्छ ।’ 

उनले थपे, ‘उनी सधैं हाम्रो सहकर्मी र असल साथीका रूपमा रहे । उनी रामोस र मोड्रिचसँग पनि उत्तिकै मिल्थे ।’ यसैबेला मार्सेलोले आफूले र टोलीका अन्य खेलाडीले पनि रोनाल्डोलाई खुबै सम्झि रहेको बताएका छन् । 

यति सम्मकी आफूले खेल्ने हरेक खेलमा रोनाल्डोलाई सम्झिने बताए । रोनाल्डोलाई रियलका खोलाडी मात्र नभई क्लबका समर्थकहरुले पनि उत्तीकै सम्झेका छन् । मार्सेलोले भने, ‘आज भोली खेलका दौरान घरेलु समर्थकको साथ पनि घट्दै गएको छ ।’ 

रोनाल्डोले छोडे पछि लय विहिन भएको रियल लयमा फर्किन संघर्षरत छ । खास गरी रियल यतिबेला टोलीमा उत्कृष्ट गोलकर्ता खेलाडी नहुँदाको संकटबाट गुज्रिरहेको छ । 

रियल ला लिगामा अहिले आफ्नो स्तरअनुसारको स्थानमा छैन भने च्याम्पियन्स लिगमा पनि उसले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । पछिल्लोपटक समूह चरणको अन्तिम खेलमा रियल आफ्नै घरमा आफूभन्दा कमजोर टोली सिएसकेए मोस्कोसँग ३-० ले पराजित भयो । रियलको उक्त हार ९ वर्षयताकै खराब नतिजा थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।