मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पुँजी बजारको समस्या : समितिको सुझाव कार्यान्वयन गर्न निर्देशन

पुँजी बजारको समस्या : समितिको सुझाव कार्यान्वयन गर्न निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पछिल्लो समय देखिएको मुद्रा तथा पुँजी बजारका समस्या हल गरिने भएको छ। बुधबार अर्थमन्त्री युवराज खतिवडासमक्ष पछिल्लो समयमा मुद्रा तथा पुँजी बजारमा देखिएका प्रवृत्ति अध्ययन गरी सुझाव पेस गरिएको छ। 

राष्ट्रबैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा मंसिर २० गते धितोपत्र बोर्डका अध्यक्ष, बैंकर्स संघका अध्यक्ष, सेयर लगानीकर्ता संघका प्रतिनिधि र अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव सम्मिलित समिति गठन गरिएको थियो। उक्त समितिलाई सात दिनभित्र सुझाव पेस गर्न भनिएको थियो। 

समिति गठन भएको १२ दिनपछि सुझाव पेस भएको छ। समितिले आफ्नो प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाइसकेको छ। प्रतिवेदनमा मुद्रा तथा पुँजी बजारमा देखिएका समग्र प्रवृत्तिको अध्ययन गरी सुझाव समेटिएको छ।

प्रतिवेदनमाथि बुधबार नै उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समिति बैठकमा छलफल भएको छ । समितिको सुझाव यथाशीघ्र कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय भएको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

समिति प्रतिवेदनमा ५८ बुँदा छन् । जसमा पुँजी बजार र वित्तीय क्षेत्रका समस्या समाधानका लागि समाधानको उपाय छन्् । कतिपय समस्या अहिले नै समाधान गर्न र कतिपय समस्या आगामी बजेटमार्फत सम्बोधन गर्न प्रतिवेदनमा सुझाव दिइएको छ । 

प्रतिवेदनमा कोर क्यापिटलको ४० प्रतिशत बराबर रकम सेयर कर्जामा जारी गर्न पाउने नीतिगत व्यवस्था गर्न सुझाव दिएको छ।  अहिले २५ प्रतिशत रकम मात्र सेयर कर्जा दिन सक्ने व्यवस्था छ ।

सेयर मूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न, कमजोर रेटिङ भएका कम्पनीलाई आइपिओ, एफपिओ, हकप्रदलगायतका प्राथमिक निष्कासनमा रोक लगाउन सुझाव दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्