सोमबार, साउन ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कृषि क्षेत्रको अनुसन्धान र प्रविधिमा चीनले सहयोग गर्ने 

कृषि क्षेत्रको अनुसन्धान र प्रविधिमा चीनले सहयोग गर्ने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीनको तिब्बत इन्टरनेशनल इकोनोमिक एक्स्चेन्ज सर्भिस सेन्टर वाणिज्य विभागबीच कृषि क्षेत्रमा सहयोग गर्ने गरी सहमती पत्रमा हस्ताक्षर भएको हो।

बुधबार मन्त्रालयमा एक कार्यक्रम गरी कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितीमा सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। नेपालकोतर्फबाट योजना महाशाखा प्रमखु सहसचिव डा. योगेन्द्रकुमार कार्की र चीनकोतर्फबाट विभागका प्रवन्ध निर्देशक बेन जेनले हस्ताक्षर गरेका हुन्।

नेपालको रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा संचालन गरिने परियोजनामा मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा बिस्तार गरिने मन्त्रालयका उपसचिव शंकर सापकोटाले जानकारी दिए।

मन्त्रालयकाअनुसार परियोजना १९ डिसेम्बर २०१८ देखि १८ डिसेम्बर २०२१ सम्म संचालन हुनेछ। परियोजना संचालनको लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने घोषणा गरेको हो। 

परियोजनामा नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना किसानलाई नेपालमै तालिम दिइने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्