आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • तालिबान समूहको गतिविधि छिट्टै रोकिने अफगान राष्ट्रपति घानीको अठोट

तालिबान समूहको गतिविधि छिट्टै रोकिने अफगान राष्ट्रपति घानीको अठोट

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहको गतिविधि छिट्टै रोकिने दाबी गरेका छन्।
 |  मंगलबार, कात्तिक १४, २०७४

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १४, २०७४

काबुल– अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ घानीले देशमा अहिले तालिवान समूहको गतिविधि छिट्टै रोकिने दाबी गरेका छन्। अफगानिस्तानको आधाभन्दा बढी प्रान्तका राजधानी तालिवान समूहले नियन्त्रणमा लिएको भनी समाचार आइरहेका बेला राष्ट्रपति घानीबाट द्वन्द्वग्रस्त आफ्नो मुलुकमा राजनीतिक अस्थिरता रोक्ने प्रतिबद्धता आएको हो।

National life

‘अफगानिस्तानको सुरक्षा फौजले देशको रक्षा गर्नु र सेनाबीच सद्भाव सुनिश्चित गर्नु मेरो प्राथमिकता हुनेछ’, घानीले राष्ट्रका नाममा गरेको आफ्नो छोटो टेलिभिजन सम्बोधनमा भने। उनले अफगानिस्तानमा थप अस्थिरता हुन नदिने बताएका छन्। उनले भनेका छन्, ‘अफगानिस्तानीहरूले युद्धका कारण दुःख पाइरहेका छन् र अफगानिस्तानका जनताको थप कष्ट रोक्ने म तपाईंहरुलाई विश्वास दिलाउँछु र यो मेरो ऐतिहासिक जिम्मेवारी हो।’

राष्ट्रपति घानीले ‘अफगानिस्तानका जनता, राजनीतिक दल तथा तिनका नेता र अन्तर्राष्ट्रिय मित्रहरूसँग परामर्श’ सुरु गरेको र परिणाम चाँडै आउने पनि बताएका छन्। तालिबान विद्रोहीले देशका ३४ प्रान्तका १९ वटा प्रान्तीय राजधानीरु कब्जामा लिएको दाबी गरेका छन्। 

तालिबानले राजनीतिक संकटका लागि युद्धविराम हुनुपर्ने र त्यसका लागि घानीले राजीनामा दिनुपर्ने माग गर्दै आएको छ। यसबारे घानीले केही बताएनन्। उनले भने, ‘सुरक्षा हाम्रो प्राथमिकता हो र यस सम्बन्धमा हामीले गम्भीर उपायहरू अपनाइरहेका छौं।’ स्थानीय प्रान्तीय परिषद् सदस्यका अनुसार विद्रोहीले काबुलबाट ४० माइल दक्षिणमा लोगर प्रान्तको राजधानी पुल ए आलम कब्जा गरेपछि घानीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्। -गार्जियन

प्रकाशित: Oct 31, 2017| 12:12 मंगलबार, कात्तिक १४, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।