काठमाडौं- मटर कोसाको समेत तस्करी हुने गरेको छ। बुधबार बसेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिमा मटर कोसाको तस्करी हुने गरेको उजुरी आएको सांसदमाझ जानकारी गराए।
‘नेपालमा मुलुकबाहिरदेखि अरबौंको मटर कोसा (दाना) अयात तथा निर्यात हुने गरेको उजुरी आएको छ,’ उनले भने ‘सबैमाझ छर्लंगै छ। मुलुकमा न मटर कोसाको उत्पदान ठूलो मात्रामा छ, न खपत नै छ।’ आयात भएका अरबौंका ती मटर कोसाहरु मुलुकबाहिर निर्यात नहुनुको विकल्प नरहेको उनको बुझाइ छ। उनले भने ‘यसबाट छर्लङ्गै मटर कोसाको समेत स्मग्लिङ हुने गरेको थाहा हुन्छ।’
विगतमा लसुन, अदुवा, मरिचको दाना लगायत कृषि उपजको पनि आयात निर्यात अत्यधिक हुने गरेको देखिएको थियो। त्यसअनुसार मुलुकको उत्पदान तथा खपत तुलना गर्न नसकिने सरोकारवला निकायहरुको भनाइ छ। त्यस्ता कृषि उपज सम्बन्धी पनि समितिमा छलफल हुने सभापति श्रीवास्तवले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४