मंगलबार, साउन १२, २०८३

एनआइसीको २१ औं वार्षिक साधारण सभा सम्पन्न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- एनआइसी एशिया बैंक लिमिटेडले बुधबार ललितपुर महानगरपालिका- २ सानेपास्थित हेरीटेज गार्डेनमा आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। 

उक्त साधारण सभाले आर्थिक वर्ष २०७४-०७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनपारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आव २०७४-७५ को नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ। साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड र एनआई सी एशिया क्यापिटल लिमिटेड सहितको आव २०७४-७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ।

सभाले चालु आव २०७५-७६ को लागि श्री टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखा परिक्षकमा नियुक्त गरिएको छ। साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले असी करोड एकतीस लाख एघार हजार सात सय मात्र बोनस शेयर वितरण गर्न र सोमालाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात अक्षरेपी चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ। 

उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविकअधिकृत पूँजी अक्षरेपी रु. आठ अर्ब चार करोड मात्रलाई वृद्धि गरि अक्षरेपी आठ अर्ब चौरासी करोड मात्र बनाउन, साविक तत्काल चुक्ता पूँजी आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे मात्रलाई वृद्धि गरी अक्षरेपी आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे बनाउन स्वीकृत प्रदान गरेको छ। 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाईमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ। 

बैंकको वासलातको आकार २११ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब १४५ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफल भइसकेको छ। 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्