सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पाँचौंपटक विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

 |  बुधबार, जेठ २३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २३, २०८१

धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार पाँचौपटक विश्वासको मत लिने भएका छन्। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै उनले बुधबार डेढ वर्षको अवधिमा पाँचौपटक विश्वासको मत लिन लागेका हुन्। 

triton college

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। 

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले बुधबार दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी चन्दनकुमार ठाकुरले जानकारी दिए।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए। तत्पश्चात विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिए। त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उनले ६९ मत प्राप्त गरेका थिए। उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरूले समर्थन गरेका थिए। त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रह्यो।  

पछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुपर्‍यो। त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए। चारैपटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएन। 

Metro Mart
vianet

यादवले दुई पटक सबैजसो प्रदेशसभा सदस्य र दलको विश्वासको मत प्राप्त गरे भने तेस्रो पटक नेकपा (एमाले) र जनमत पार्टी, चौथो पटक नेपाली कांग्रेस, जनमत र लोसपाको साथ पाएनन्। यसपटक भने मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई अहिलेसम्म नेपाली काँग्रेसले मात्र विश्वासको मत दिने निर्णय गरेको छ। यसहिसाबले मुख्यमन्त्री आवद्ध पार्टी जसपाका १९ र कांग्रेसका २२ गरी ४१ सांसद उनको पक्षमा देखिएका छन्।

प्रकाशित: Jun 05, 2024| 07:01 बुधबार, जेठ २३, २०८१
प्रतिक्रिया दिनुहोस्