आइतबार, भदौ २१, २०८३

कारागार फर्कन रवि तयार

 |  शुक्रबार, भदौ २७, २०८२

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कानुनी प्रक्रिया पूरा गरेर कारागार फर्कन सहमत भएका छन्।

शुक्रबार अपरान्ह कार्यवाहक सभापति डिपी अर्याल, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्तापछि यस्तो सहमति बनेको हो।  

भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले भने, ‘प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ।’ 

यसअघि जेनजी आन्दोलनका क्रममा नख्खु कारागारमा रहेका कैदीबन्दीलाई भिडले बाहिर ल्याएको थियो।

सोहीक्रममा सभापति लामिछाने पनि बाहिरिएका थिए।

प्रकाशित: Sep 12, 2025| 21:13 शुक्रबार, भदौ २७, २०८२
प्रतिक्रिया दिनुहोस्