मंगलबार, साउन १२, २०८३

सिटिजन्स बैंक र ब्लू क्रस हस्पिटलबीच सहकार्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्लू क्रस हस्पिटल प्रालि, त्रिपुरेश्वरबीच बैंकका ग्राहकलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। 
उक्त सम्झौतापत्रमा बैंककातर्फबाट बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र हस्पिटलकातर्फबाट व्यवस्थापन समूहका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेको हो। 

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट-क्रेडिट कार्डवाहक ग्राहक तथा परिवारका सदस्यहरुले ब्लू क्रस हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिंदा विशेष छुट पाउँनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
 
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ। 

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनिउपलब्ध गराउँदै आएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्