काठमाडौं- सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यलेज्योतीलाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ।
उक्त सम्झौतापत्रमासिभिल बैंककातर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योतीलाईफ इन्स्योरेन्सकातर्फबाट नायबप्रमुखकार्यकारी अधिकृतप्रकाशखत्रीले हस्ताक्षर गरे।
अबज्योतीलाईफ इन्स्योरेन्सकाजीवनवीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका७१शाखाहरु मार्पmतउपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमालाभान्वितहुने कुरा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
चालु आर्थिक वर्षको प्रथमचौमासमा (एन.एफ.आर.यस.अनुसार) अठार करोड पचास लाख (जुनपहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल यस बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४