बिहीबार, असोज २९, २०८३

 युरोपियन मापदन्‍डको दुई तले घर २४ दिनमै तयार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- महिनौको प्रतिक्षा र झन्झटिलो व्यवस्थापन हुने घर निर्माण अब एक महिनाभन्दा कम समयमा सम्पन्न हुन्छ भन्दा हामीलाई पत्यार नलाग्न सक्छ। यदी तपाईं घर बनाउँदै हुनुहन्छ भने युरोपियन युनियनले प्रमाणीत गरेको इज्डोम नामक कम्पनीबाट दुई तल्लाको घर २४ दिनमै निर्माण सम्पन्न गरि तपाईंलाइ  हस्तान्तरणसमेत गर्छ। 

विषेश गरि युरोपियन तथा पश्चिमा मुलुकमा सफल रुपमा भवन निर्माण गरिरहेको ईज्डोमले नेपालमा  पहिलो पटक आफ्नो कम्पनी स्थापना गरी भवन निर्माण सुरु गरेको छ। ईज्डोमले 'मिसन टु विल्ड नेपाल' नारासहित मंगलबार राजधानीको ह्यात होटलबाट नेपालमा आफ्नो कम्पनी विस्तार गर्ने घोषणा गरेको छ।

परम्परागत ईट्टा तथा ब्रिक्सबिना निर्माण हुने ईज्डोमले निर्माण गरेका भवन गर्मी तथा जाडो रहित हुने कम्पनीले जनाएको छ। थर्मोकोलजस्तै तर फरक किसीमको फोम प्रयोग गरी बनाईने उक्त घर अन्य परम्परागत भवन भन्दा बलियो र निर्माण लागत समेत कम हुने कम्पनीले जनाएको छ । सो प्रविधीबाट बनेका घर पूर्णरुपमा साउण्ड प्रुफसमेत हुन्छ।

जर्मनीबाट विकास भएको उक्त प्रविधी हाल पश्चिमा मुलुकमा अधिकतम प्रयोगमा छ। ईज्डोमले उक्त प्रविधीको प्रयोगगरी वेलायत ,क्यानडा,  अमेरीका बुल्गेरीया साईवेरीया ,मोरोक्को रसिया  हिमपात बढि हुने देखि अवुधाबी दुवई जस्ता बढि गर्मी हुने मुलुकमा समेत सफल परिक्षण गरि भवन निर्माण गरि सकेको छ।

भवन निर्माण गर्दा लामो समय लाग्ने बढी खर्चालु हुने तथा परम्परागत भवनले  जोखिम बढि भैरहेको बेला नेपालमा ईज्डोमले नयाँ प्रविधी प्रयोग गरि बनाउने घर बढी उपयोगी हुने कम्पनीले दाबी गरेको छ। ईज्डोमले बनाएको अन्य भवनको तुलनामा तिनगुण अर्थात १५० बर्ष सम्म सुरक्षित रहने कम्पनीले जनाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्