बुधबार, असोज २८, २०८३

हाइड्रो एक्स्पोको तयारी तिब्र 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी तिब्र रुपमा अघि बढेको छ। एक्स्पोको लागि ७० भन्दाबढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन्। विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले जनाएको हो। 

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोजना गर्न लागेको हो। 

अयोजककाअनुसार एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ। एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहनेछ। 

जलविद्युत प्रवर्धक, इक्युपमेन्ट्स सप्लायर, लगानीकर्ता, बैंक, बीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दाबढी प्रदर्शकले स्टल बुक गरिसकेको आयोजक संस्था एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले जानकारी दिए। 


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्