बिहीबार, पुस १०, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • गिरिबन्धु टि-इस्टेटबारे कांग्रेस नेताहरुको अभिव्यक्तिमा एमालेको आपत्ति

गिरिबन्धु टि-इस्टेटबारे कांग्रेस नेताहरुको अभिव्यक्तिमा एमालेको आपत्ति

 |  सोमबार, जेठ १४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १४, २०८१

काठमाडौं- गिरिबन्धु टि–इस्टेट प्रकरणमा कांग्रेस नेताहरुले दिएको अभिव्यक्तिप्रति  नेकपा एमालेले आपत्ति जनाएको छ।

National life

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, एमाले, माओवादी र रास्वपा सहितको छलफलमा एमालेले यो विषयमा आपत्ति जनाएको हो।

आइतबार नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेलाई जोगाएर गिरिबन्धु टि–इस्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि जोगाउन खोजिएको टिप्पणी गरेका थिए। एमालेलाई शर्माले भनेका थिए, ‘रविलाई साथ दिएर गिरीबन्धुमा रविको साथ लिनु छ।’ कांग्रेस कार्यकर्ताहरुले आइतबार गरेको विरोध प्रदर्शनमा पनि ‘सहकारी ठग कहाँ छन् ? गिरिबन्धु जहाँ छन्’ नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

सोमबार प्रधानमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले भने, ‘कांग्रेसले यी आरोपप्रति लिखित रुपमा क्षमा माग्नुपछ। सार्वजनिक रुपमा माफी माग्नुपर्छ।’

छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित थिएनन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार, एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, कानुनमन्त्री पदम गिरी, महेश बर्तौला, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत बैठकमा सहभागी थिए।

Laxmi sunrise bank
kumari

झापाको गिरिबन्धु टि–इस्टेटको जग्गा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा कानुन बनाएर सट्टापट्टा गर्ने बाटो खोलिएको थियो, जसलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ। कांग्रेस महामन्त्री शर्माले सहकारी र गिरीबन्धु टि–स्टेटमा एक अर्काले बचाउन ओली र रविबीच सहमति बनेको टिप्पणी गरेपछि ओली रुष्ट छन्। प्रधानमन्त्री निवास बालुवाटारमा अघिल्लोपटक बसेको बैठकमा पनि ओलीले सोही विषय उठाउँदै आक्रोश पोखेका थिए।

प्रकाशित: May 27, 2024| 14:24 सोमबार, जेठ १४, २०८१
प्रतिक्रिया दिनुहोस्