फाइल तस्बिर
काठमाडौं- एभरेष्ट प्रिमियर लिग (इपीएल) टी-२० क्रिकेटको काठमाडौं किङस इलाभेन र ललितपुर प्याट्रियट्सबीचको खेलमा अम्पाएरले गलत डिसिजन दिएका छन् । ललितपुरले दिएको १ सय ९ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा अम्पाएरले गलत डिसिजन दिएका हुन् ।
ललितपुरले १०.३ ओभरमा ५ विकेट गुमाएर मात्र ५४ रन जोडेका बेला मैदान प्रवेश गरेका ललितपुरका सन्नि पटेलविरुद्ध गलत डिसिजन दिएका छन् । उक्त खेलमा विनय कुमार झा र राम कैलास यादवले अम्पाएर गरेका थिए ।
सोहि ओभर काठमाडौंका प्रदिप साहुले गरेका थिए । ओभरको पहिलो बलमा पवन सराफ मैदान बाहिरिएका थिए भने तेस्रो बलमा सन्दिप जोरा बाहिरिएका थिए । सन्दिप जोरा पनि एलबीडब्लुमा आउट भएको इसारा दिएका थिए ।
तर, रि-प्लेमा हेर्दा साहुको बल नो बल थियो । त्यसपछि मैदान आएका सन्नी पहिलो बल अर्थात साहुको चौथो बलमा अम्पाएरको गलत डिसिजनका कारण बाहिरिएका थिए ।
उनको ब्याट बलसँग कनेक्ट नभए पनि विकेटकिपरले क्याच गर्दा अम्पाएरले आउटको इसारा गरेका थिए । उक्त डिसिन नकारे पछि इपीएलले सन्नी पटेललाई ‘खेल फि’को ७५ प्रतिशत जरिवाना तिराएको छ । यससंगै उनीमाथि ३ डेमिरिट अंकको पनि चार्ज लगाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४