काठमाडौं- 'योर पार्टनरफर प्रोग्रेस' भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपालीजनताको घरदैलोमा बैंकिंग सेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पाल्पाको रिब्दिकोट गाउँपालिका-७ मैनादीमा रहेको श्री प्रभात माध्यमिक विद्यालयलाई दुई लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमाआयोजितएक कार्यक्रमबीच बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डुल बहादुर कुँवरलाई दुई लाखको चेक हस्तान्तरण गरे।
निर्माण गर्नका निम्ति उक्त रकमको प्रयोग गरिने अध्यक्ष कुँवरले जानकारी दिए। अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिकउतरदायित्वकार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक,सांस्कृतिक,शैक्षिकआदि जस्ता क्षेत्रमा सकरात्मकपरिवर्तन ल्याउनकानिम्तिविभिन्नकार्यक्रम संचालनगर्ने कुरा जानकारी दिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्गएकाईहरुबाटकरिवतीनलाखपचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्गसेवाहरु प्रदानगर्दै आएको छ।
आफ्नो ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४