काठमाडौं – सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले अजोड इन्स्योरेन्ससँग सम्झौता गरेको छ। उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र अजोडइन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे।
अब अजोड इन्स्योरेन्सका वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
सिभिल बैंकले यस अघि पनि जीवनवीमा कम्पनिहरु मेटलाइफ, एल.आई.सी. नेपाल, रिलायबल नेपाल लाईफ इन्स्योरेन्स, यूनियन लाईफ इन्स्योरेन्स र सूर्या लाईफ इन्स्योरेन्स तथा थुप्रै निर्जीवन वीमा कम्पनिहरुसँग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४