शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपाली बजारमा

अस्ट्रेलियन ब्रान्डको बिम मिल्क पाउडर नेपाली बजारमा

अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा उपलब्ध हुन थालेको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (बिग आईल्यान्ड मिल्क) डाक्टर साथी हेल्थ केयर प्रालिले नेपाल भित्र्याएको हो। डाक्टर साथी बिमको नेपालका लागि आधिकारिक बिक्रेता हो।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौँ- अस्ट्रेलियन ब्रान्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा उपलब्ध हुन थालेको छ। अस्फेक्स पार्टी लिमिटेड अस्ट्रेलियाको उत्पादन बिम (बिग आईल्यान्ड मिल्क) डाक्टर साथी हेल्थ केयर प्रालिले नेपाल भित्र्याएको हो। डाक्टर साथी बिमको नेपालका लागि आधिकारिक बिक्रेता हो।

डाक्टर साथीका सेल्स म्यानेजर रामभक्त थपलियाका अनुसार उक्त मिल्क पाउडर भर्खर जन्मिएकादेखि २४ महिनासम्म शिशुका लागि बढी उपयोगी छ। 

‘डाक्टर साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रूपमा ‘बिम मिल्क पाउडर’ नेपाल भित्राएको हो,’ उनले भने, ‘मिल्क पाउडर १२ साउनबाट बजारमा पठाएका छौँ।’ 

कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका शिशुका लागि ‘न्यू वर्न फर्मुला पाउडर’ ६ महिनादेखि १ वर्षसम्मका बच्चाका लागि ‘फर्मुला फलो अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’ गरी तीन प्रकारका उत्पादन बजारमा ल्याएको छ।

डा.साथीले यसअघि अस्ट्रेलियन ब्रान्डकै ‘नुचुरा मिल्क पाउडर’ पनि नेपाल भित्राएको थियो।

प्रकाशित: Jul 28, 2021| 07:30 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्