काठमाडौं- साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से बजारमा आएका अधिकांश समूहको परिसूचक बढ्दा समग्र नेप्से बजारको परिसूचक बढेको हो।
सोमबार नेप्से परिसूचक १५.१७ अंक बढेर एक हजार १८२.७८ बिन्दुमा पुगेको छ। ‘क’ बर्गको सेन्सेटीभ इन्डेक्स समेत २.९७ अंक बढेर २५१.६३ बिन्दुमा पुगेको छ।
आइतबार नेप्से परिसूचक १८.८९ अंकले बढेर एक हजार १६७.६७ बिन्दुमा पुगेको थियो।
१५९ कम्पनीको तीन हजार ६७० कारोबारबाट १२ लाख ६० हजार ५१८ पटक शेयर खरिद बिक्री हुदा ४२ करोड तीन लाख ५३ हजार ५१५ रुपैयाँको कारोबार भएको छ।
नेप्से बजारमा आएका ११ समूहमध्ये अधिकांशको परिसूचक बढेको हो। जसमा सबैभन्दा बढी ननलाइफ इन्स्योरेन्स समूहको परिसूचक २२०.५१ अंक बढेको छ।
त्यसपछि लाइफ इन्स्योरेन्सको परिसूचक १९५.९६, बैंकिङ समूहको परिसूचक ९.१५, होटेल सूमहको ०.७१, विकास बैंक समूहको परिसूचक ८.५ अंक बढेको छ।
हाइड्रोपावर समूहको परिसूचक ५.३७, फाइनान्स समूहको ०.५२, उत्पादनमुलक समूहको २३.२१, अन्य समूहको १.४४ र माइक्रोफाइनान्स समूहको परिसूचक ४०.२१ अंक बढेको छ।
यसैबीच ब्यापार समूहको परिसूचक ३.०४ अंक घटेको छ।
नेप्से बढाउन दबाब समूह अमरण अनसन बसिरहदा तथा उनीहरुले शेयर कारोबार नगर्न लगानीकर्ताहरुलाई आग्रह गरिरहदा समेत बजार बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४