आइतबार, साउन १०, २०८३

कर्मचारी हेरफेर गर्ने कृषि मन्त्री खनालको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले हालसम्म मन्त्रालयबाट भएको काम सोचेजति नभएको भन्दै असन्तुष्टि जनाएका छन्। सोमबार मन्त्रालयको मातहतको योजना तथा विकास सहायता समन्यय महाशाखाको प्रथम चौमासिक समिक्षा बैठकलाई सम्बोधन गर्दै उनले असन्तुष्टि जनाएका हुन्।

बैठकमा असन्तुष्टि जनाउँदै उनले विभागीय प्रमुखहरुलाई काम गर्न सकिदैन जस्तो लाग्छ भने खुशीसाथ जिम्मेवारीबाट बाहिरिन आग्रह गरे। ‘विभागिय प्रमुखमा रहेका तपाईहरुलाई मन्त्रीको स्प्रिटमा काम गर्न सकिदैन जस्तो लाग्छ भने खुशी साथ छोड्दा हुन्छ, काम नगर्नेलाई हेरफेर गरिन्छ,’ उनले भने, ‘होइन भने त्यहीअनुसार काम गर्नुहोस्।’
 
प्रथम चौमासिक प्रगति विवरण सोचेअनुसार हुन नसकेको भन्दै मन्त्री खनालले कर्मचारीहरुलाई तर्क नगरि परिणाममा ध्यान दिन आग्रह गरे। साथै उनले कर्मचारीहरुलाई कामको गति बढाउन समेत निर्देशन दिएका छन्। ‘हरेक निकायलाई परिचालन गरेर कामको गति बढाउनुहोस्,’ उनले भने ‘मन्त्रालयबाट सोचेअनुसारको प्रगति हुन सकेको छैन।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्