काठमाडौं – अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिनुपर्ने लगायत सेयर मूल्य बढाउन विभिन्न १४ बुँदे माग राखेर रिले अनशन बसेका सेयर लगानीकर्ताहरू माग पूरा नभएपछि सोमबारदेखि आमरण अनशनमा बसेका छन्।
सेयर लगानीकर्ताको दबाब समूहको संयोजक हरि ढकाल र लगानीकर्ता तिलक कोइराला भद्रकालीस्थित नेप्सेको कार्यालयअगाडि आमरण अनशन बसेको जानकारी सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले दिए।
उनीहरू गत आइतबारदेखि अर्थ मन्त्रालय र सम्बद्ध निकाय गैरजिम्मेवार भएको रिले अनशन बसेका थिए।
दबाब समूहले आमरण अनशनसँगै सोमबारदेखि बजार बन्द कार्यक्रम गर्न आह्वान गरेको छ। उनीहरूले लगानीकर्तालाई सेयर कारोबार नगर्न आग्रह गर्दै आन्दोलनमा सहयोग गर्नसमेत आग्रह गरेका छन्। उनीहरूकै आग्रहमा सोमबार १२ बजेसम्म सेयर कारोबार भएन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४