सोमबार, जेठ ७, २०८१

कांग्रेसको बटमलाइन संसदीय छानबिन समिति गठन

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- नेपाली कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठनको मागलाई बटमलाइन बनाउने निर्णय गरेको छ।

triton college

बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले छानविन समिति गठनको मागमा यथावत रहने निर्णय गरेको हो। बजेट अधिवेशन कसरी चलाउने भन्ने निर्णय सरकारकै हातमा रहेको कांग्रेसको भनाइ छ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा संसद्को आगामी अधिवेशन र गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतबारे पनि छलफल भएको थियो। लाखौं नेपाली जनता सहकारीमा ठगिएकोले छानबिन समिति गठन गर्नुपर्ने अडान कांग्रेसको छ।

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले अघिल्लो अधिवेशनमा पनि संसदीय छानबिन समिति गठनको माग गरेको थियो। कांग्रेसकव अवरोधकै बीच हिउँदे अधिवेशन अन्त्य भएको थियो। संसद्‍को बर्खे अधिवेशन यही वैशाख २८ गतेबाट सुरु हुँदैछ।

प्रकाशित: May 08, 2024| 18:43 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्