आइतबार, जेठ २५, २०८२

भृकुटीमण्डप बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

 |  बुधबार, वैशाख २६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

vianetvianet

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आज भृकुटीमण्ड बजार क्षेत्रको निरीक्षण गरेकी छन्। उनले निरीक्षणपछि बजार व्यवस्थित गर्न निर्देशन दिएकी हुन्। 

समाज कल्याण परिषद्अन्तर्गत सञ्चालित भृकुटीमण्डप खुला बजार कुनै पनि बेला जोखिममा पर्न सक्ने मन्त्री चौधरीले बताइन्। उनले कसरी हुन्छ बजार व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिइन्। मन्त्री चौधरीले  यसका लागि चालु आर्थिक वर्षमा रु चार करोड बजेटको व्यवस्था गरिएको जानकारी दिइन्। भृकुटीमण्डपको संरचनालाई सेमी पर्मानेन्ट बनाउने प्रक्रिया अगाडि बढाउन समेत उनले परिषद्लाई निर्देशन दिएका हुन्। 

‘भृकुटीमण्डप प्रदर्शनी हल जीर्ण छ, यो हलको पुनः निर्माण, स्तरोन्नति गर्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाडा नतिर्नेहरुसँग उठाउनेबारे योजना बनाएर काम गर्नूहोस्।’

सो अवसरमा समाज कल्याण परिषद्का सदस्यसचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका सबै जीर्ण संरचना व्यवस्थित बनाइने मन्त्री चौधरीलाई अवगत गराएकी हुन्।

प्रकाशित: May 08, 2024| 16:12 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्