शुक्रबार, पुस ११, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कोशीमा नयाँ सरकार आह्वानका लागि प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

कोशीमा नयाँ सरकार आह्वानका लागि प्रदेश प्रमुखलाई एमाले-माओवादीको पत्र

 |  बुधबार, वैशाख २६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २६, २०८१

काठमाडौं- कोशी प्रदेशमा नयाँ सरकार गठन आह्वान माग गर्दै एमाले र माओवादीले प्रदेश प्रमुखलाई पत्र बुझाएका छन्।

National life

नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा माओवादीका इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेको दाबी गरिएको छ।

०८० असोज २७ गते कोशीको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीलाई नेकपा एमाले र मोओवादीले समर्थन फिर्ता लिइसक्दा पनि विश्वासको मत नलिएको उनीहरुले बताएका छन्।

पत्रमा भनिएको छ, ‘०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं।’

उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन जानकारी दिइएको तर, आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि तोकिएको समयावधिभित्र प्रदेश सभा अधिवेशन आह्वान नगरेको आरोप लगाएका छन्।

Laxmi sunrise bank
kumari

नेकपा एमालेले चैत २६ गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थत फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अधिवेशन प्रक्रिया पनि अगाडि नबढाएको र राजीनामा पनि नदिएको नेकपा एमाले र माओवादीले जिकिर गरेका छन्।

 

प्रकाशित: May 08, 2024| 15:56 बुधबार, वैशाख २६, २०८१
प्रतिक्रिया दिनुहोस्