आइतबार, साउन १०, २०८३

पहिलो दिन नै दोहोरो अंकले बढ्यो नेप्से

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं–दोहोरो अंकले नेप्से परिसूचक बढेको छ। शेयर बजारमा आएका अधिकांश समूहको परिसूचक बढ्दा साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.८९ अंकले बढेर एक हजार १६७.६७ बिन्दुमा पुगेको छ।

‘क’ बर्ग कम्पनीको सेन्सेटीभ इन्डेक्स समेत ३.९८ अंक बढेर २४८.६७ बिन्दुमा पुगेको छ।

१५९ कम्पनीको चार हजार ९७४ कारोबारबाट १४ लाख सात हजार ५३४ पटक शेयर खरिदबिक्री हुदा ४७ करोड ४२ लाख १६ हजार ९०५ रुपैयाँको कारोबार भएको छ।

नेप्से बजारमा आएका दश समूहमध्ये उत्पादनमुलक समूहकोबाहेक सबै समूहको परिसूचक बढेको छ।

जसमा सबैभन्दा बढी ननलाइफ इन्स्योरेन्स समूहको परिसूचक १६७.२१ अंक बढेर पाँच हजार २५४ बिन्दुमा पुगेको छ।

त्यस्तै लाइफ इन्स्योरेन्स समूहको परिसूचक १३३.३७, माइक्रोफाइनान्स समूहको परिसूचक ३७.५२, होटेल समूहको परिसूचक ३०.३८ अंक बढेको छ।

बैंकिङ समूहको परिसूचक १७.७६, विकास बैंक समूहको परिसूचक १०.२२, हाइड्रोपावर समूहको परिसूचक ४.६२, फाइनान्स समूहको परिसूचक ३.१५, अन्य समूहको परिसूचक ३.४१ अंक बढेको छ।

यसैबीच उत्पादनमुलक समूहको परिसूचक भने ८.४३ अंक घटेको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्