नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि अइतबारदेखि अनलाइन टिकेटिङ्ग प्रणाली सुरु गरेको छ । यसअघि २०७४ साउनमा अन्तर्राष्ट्रिय उडानको लागि अनलाइन टिकेटिङ्ग थालिएको थियो ।
निगममा आयोजित एक समोराहमा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले सुरु गरे । यो प्रणालीले आन्तरिक उडानमा जाने यात्रुहरुले घरैमा बसी टिकट खरिद गरी उडानको सेवा लिन सक्नेछन् ।
कार्यकारी अध्यक्ष खरेलले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने सन्दर्भमा आन्तरिक उडानका लागि अनलाइन टिकेटिङ्ग प्रणाली थालिएको बताए ।
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागका निर्देशक अमृतमान श्रेष्ठले नयाँ प्रविधि प्रयोग गर्नमा निगमले सक्रियता अपनाउँदै आएको सन्दर्भमा यो थप सेवा भएको बताए।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४