आइतबार, साउन १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि 

मेगा बैंकका कार्ड प्रयोगकर्ताहरुलाई थ्रीडी सेक्योर प्रविधि 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मेगा बैंक नेपाल लिमिटेडले इन्टरनेटमा कार्डमार्फत वस्तु तथा सेवा खरिद गर्न चाहने ग्राहकका लागि थ्रीडी सेक्योर प्रविधि सञ्चालनमा ल्याएको छ । 

भिसा कार्ड इन्टरनेशनलको ‘भेरिफाइड बाई भिसा’मा आधारित यो प्रविधि अनलाइन कार्ड कारोबारका लागि अतिरिक्त सुरक्षा तहका रूपमा रहनेछ । मेगा बैंकले भिसासँगको साझेदारीमा आइजिल्यान्ट टेक्नोलोजीमार्फत यो सेवा संचालनमा ल्याएको हो । 

यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन् । जसले गर्दा अनलाइन कार्ड कारोबार अझै सुरक्षित हुने बैंकले जनाएको छ । 

यस प्रविधिबाट गरिएको अनलाइन कार्ड कारोबारमा जालसाझी एवं नक्कली कारोबारको जोखिम कम हुने हुँदा अझै सुरक्षित, भरपर्दो र विश्वसनीय हुने मेगा बैंकको विश्वास छ । 

मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले थ्रीडी सेक्योर प्रविधिको सुरुवातले मेगा बैंकका कार्ड प्रयोगकर्ता ग्राहकको कारोबार सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन । मेगा बैंकको अत्याधुनिक कार्ड सेवाले ग्राहकलाई विश्वस्तरीय सेवा उपभोगको अनुभव दिने उनको विश्वास छ । 

आइजिल्यान्ट टेक्नोलोजीका सिइओ प्रशान्त मेन्गावाडेले आफूहरुसँगको सहकार्यमा मेगा बैंकले भरपर्दो र सुरक्षित कार्ड सेवा शुभारम्भ गरेको भन्दै यसले नेपालको डिजिटल कारोबारको बढोत्तरीमा मद्दत मिल्ने बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्