सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिर्कतमा गणेशराज पोखरेल नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको कार्यकाल पुस १६ गते सकिने भएकाले बैंकका नायवप्रमुख कार्यकारी अधिकृत पोखरेललाई पुस १ गतेदेखि लागू हुने गरी बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो ।
साथै सेवानिवृत हुनु हुने प्रमुख कार्यकारी अधिकृत भण्डारीको विगतको लामो समयको वैङ्किङ्ग अनुभव र कार्यदक्षतालाई वैंकले सदुपयोग गर्ने गरी पुस १६ गतेदेखि लागू हुने गरी बैंकको सञ्चालक समितिको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४