शुक्रबार, पुस ११, २०८२

रियलले जित्यो ला लिगाको उपाधि

 |  आइतबार, वैशाख २३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २३, २०८१

National life
Laxmi sunrise bank
kumari

काठमाडौँ- रियल म्याड्रिडले शनिबार कीर्तिमानी ३६ औं पल्ट स्पेनी ला लिगाको उपाधि जितेको छ। जिरोनाले बार्सिलोनालाई ४–२ ले हराएपछि रियलले उपाधि जित्ने निश्चित भएको हो।

अंक तालिकामा रियल निर्णायक रूपमा अगाडि रह्यो।लिगमा चार चरणका खेल बाँकी छन् र उसको ८७ अंक भएको छ। रियलले सुरुमा काडिजलाई ३–० ले हराएको थियो। त्यस लगतै बार्सिलोना पराजित भएपछि उपाधिको छिनोफानो भएको हो।

जिरोना ७४ अंकमा दोस्रो तथा बार्सिलोना ७३ अंकमा तेस्रो स्थानमा रह्यो। जिरोनाको यो जितपछि उसले अर्को सिजन पहिलो पटक युरोपेली च्याम्पियन्स लिग खेल्ने पनि निश्चित भएको छ। 

प्रकाशित: May 05, 2024| 07:06 आइतबार, वैशाख २३, २०८१
प्रतिक्रिया दिनुहोस्