आइतबार, मंसिर २१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • टान सदस्यले गरिमा विकास बैंकमा सहुलियतमा सरल कर्जा पाउने

टान सदस्यले गरिमा विकास बैंकमा सहुलियतमा सरल कर्जा पाउने

 |  सोमबार, वैशाख १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १०, २०८१

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थालाई कर्जामा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

National life

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रीय कार्यालय पोखराका क्षेत्रीय प्रबन्धक भोलाप्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार टानका सदस्यलाई गरिमा बैंकले अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ। साथै, पाँच लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउने पनि जनाएको छ।

यो सेवाले टान सदस्यलाई व्यापार–व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ। टानले बैंकलाई बैंकिङ पार्टनरका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। यसअघि बैंकले टानको केन्द्रीय संगठनसँग काठमाडौंमा यसै किसिमको सम्झौता गरिसकेको छ।

प्रकाशित: Apr 22, 2024| 14:42 सोमबार, वैशाख १०, २०८१
प्रतिक्रिया दिनुहोस्