काठमाडौं- आजभन्दा ठीक ११३ वर्षअघि एक अन्धकार रातमा टाइटानिक जहाज विशाल आइसबर्गसँग ठोक्कियो। त्यतिबेला जहाजका अधिकांश यात्रु गहिरो निद्रामा थिए।
दुर्घटना हुँदा टाइटानिक जहाज इंग्ल्याण्डको साउथ ह्याम्पटनबाट ४१ किलोमिटर प्रतिघण्टाको गतिमा अमेरिकाको न्युयोर्कतर्फ गइरहेको थियो। पोर्टबाट छुटेको तीन घण्टामै १४ अप्रिल १९१२ मा यो जहाज आइसबर्गमा ठोक्कियो र विस्तारै विस्तारै समुद्रमा विलिन हुन पुग्यो।
टाइटानिक जहाज डुब्नै सक्दैन भनिएको थियो। तर बचेन। दुर्घटनामा करिब १५ सय जनाको मृत्यु भएको थियो। ११२ वर्षपछि पनि यसलाई सबैभन्दा ठूलो समुद्री दुर्घटना मानिन्छ।
सेप्टेम्बर १९८५ मा बल्ल दुर्घटना स्थलबाट जहाजको अवशेष हटाइयो। क्यानडाबाट ६५० किलोमिटरको दूरीमा रहेको समुद्रको ३ हजार ८४३ मिटर गहिराइमा जहाज दुई भागमा टुक्रिएको थियो। दुवै भाग एकअर्काबाट ८०० मिटरको दूरीमा थिए। दुर्घटना भएको यतिका वर्ष बितिसक्दा पनि यस दुर्घटनाको बारेमा रहस्य कायमै छ।
यो ठूलो जहाजको बारेमा भनिएको थियो कि यो डुब्न सक्दैन, भगवानले पनि यसलाई डुबाउन सक्दैनन्। यो आत्मविश्वासको पनि कारण थियो। फेडरल युनिभर्सिटी अफ रियो दि जेनेरियोको नौसेना र महासागर इन्जिनियरिङ विभागका प्रोफेसर र इन्जिनियर अलेक्जान्ड्रे डे पिन्हो अल्होले भने, 'इन्जिनियरिङको दृष्टिकोणबाट भन्दा यो डिजाइनमा आधारित पहिलो जहाज थियो टाइटानिक। जहाजको एउटा डिब्बामा पानी भरिए पनि अर्कोमा जान सक्दैनथ्यो।
यो जहाज तयार गर्दा केही कठिनाइहरू भए। जहाजको उचाइ कति हुनुपर्छ भनेर धेरै सोचाइ गरिएको थियो, ताकि विद्युतीय तार र पानीका पाइपले राम्रोसँग काम गरिरहोस्। प्रोफेसर अल्होका अनुसार यसबारे सोचेर उनीहरूले जहाजको उचाइ निर्धारण गरेका थिए। पानी भरिएको अवस्थामा पनि पानी छानाको उचाइमा पुग्न नसक्ने अनुमान गरेका थिए। छतमा सुरक्षित डिब्बाहरू बनाइको थियो। तर आइसबर्गसँग जहाज ठोक्किएला भनेर कसैले सोचेनन्। प्रोफेसर अल्होले भने, 'टक्कर यति जोडदार थियो कि जहाजको मुख्य भागको आधा लम्बाइसम्म प्वाल बन्यो। यस्तो अवस्थामा पानी छतमा पुग्यो।'
जहाज निर्माता र नेभिगेटर सिभिल इन्जिनियर थियरी भन्छन्, 'टाइटानिकलाई यसरी प्रचार गरिएको थियो कि यो डुब्न सक्दैन। जहाज निर्माता कम्पनी यसमा ओभर कन्फिडेन्ट थियो।
ठूला दुर्घटनापछि प्राय मानवीय गल्ती नै कारण हुने गरेको पाइएको छ। विज्ञहरूका अनुसार आइसबर्गले भरिपूर्ण क्षेत्रमा यात्रा गर्न कठिनाइ हुँदाहुँदै पनि छिटो यात्रा पूरा गर्न निकै दबाब थियो। वास्तवमा यो दबाब 'ब्लू ब्यान्ड' हासिल गर्न थियो। १८३९ मा सुरु भएको यो सम्मान एट्लान्टिक महासागर सबैभन्दा छिटो पार गर्ने जहाजलाई दिइएको थियो। टाइटानिकलाई यो सम्मानको सबैभन्दा बलियो दाबेदार मानिएको थियो। यो उपलब्धि हासिल गर्न कुनै पनि जहाजको लागि पहिलो यात्रा सबैभन्दा महत्त्वपूर्ण मानिन्थ्यो। यस दुर्घटनामा बाँचेका धेरैले जहाजका क्याप्टेनलाई वरपरको क्षेत्रमा आइसबर्ग भएको जानकारी रहेको तर जहाजको गतिलाई सुस्त नगरेको बताएका छन्। तीव्र गतिको लक्ष्य हासिल गर्न चाहन्छ।
टाइटानिकले अप्रिल १०, १९१२ मा आफ्नो पहिलो यात्रा सुरु गरेको थियो। साउथ ह्याम्प्टनको बन्दरगाह बाहिर अर्को जहाजसँग टक्कर खानबाट यो बालबाल बचेको थियो। १४ अप्रिलमा ऐतिहासिक दुर्घटनाको सिकार भइगयो।
टाइटानिकको लम्बाइ २६९ मिटर थियो। चालक दल र यात्रुसहित यसमा लगभग ३३ सय मानिस थिए। आजको सबैभन्दा ठूलो यात्रुवाहक पानीजहाज वन्डर अफ द सी हो, जुन ३६२ मिटर लामो छ र २३०० चालक दलका सदस्यसहित सात हजार यात्रु बोक्न सक्छ।
टाइटानिक दुर्घटनामा लगभग १५ सय जनाको मृत्यु भयो। त्यसपछि जहाजहरूको सुरक्षा सुधार गर्न प्रयासहरू सुरु गरियो। यो दुर्घटनापछि समुद्री जहाजको सुरक्षाका लागि राडार जस्ता उपकरणको प्रयोग हुन थाल्यो।
टाइटानिक दुर्घटनामा धेरै मानिसको मृत्यु भयो किनभने तिनीहरूका लागि लाइफबोट थिएन। यो जहाज कहिल्यै डुब्न सक्दैन भन्ने विश्वासका कारण जहाजमा आधा लाइफबोट मात्र राखिएको थियो। अहिले राडार र सोनारले धेरै पहिले आइसबर्ग पत्ता लगाउँछन्। समुद्री म्यापिङ वा नेभिगेसन चार्टहरू पनि आधुनिक रुपमा उपलब्ध छन्।
टाइटानिक दुर्घटनाका बारेमा फिल्म पनि बनेको छ र यसबारेमा धेरै तथ्यहरु बाहिर आएका छन्। केही तथ्य यस्ता छन्-
१. जहाजका चालकहरुले जहाज ठोक्किनु केवल ३० सेकेण्डअघि मात्र आइसबर्ग देखेका थिए। अलिक पहिले नै उक्त हिउँको थुप्रो देखिएको भए सायद जहाजको दिशा बदल्न सम्भव हुन्थ्यो र समुद्री इतिहासको उक्त भिषण दुर्घटना टर्न सक्थ्यो।
२. जहाजमा धुवाँ निस्किने ४ वटा चिम्नी अर्थात् स्मोकस्टेक्स थिए। टाइटानिकका हरेक तस्बिरको अभिन्न हिस्सा हुन् ती चार चिम्नी। तर खासमा ती ४ चिम्नीमध्ये एउटा केवल देखावटी मात्र थियो। अर्थात् केवल ३ वटाबाट मात्र धुवाँ निस्कन्थ्यो र एउटा सजावटका लागि मात्र राखिएको थियो।
३. उक्त भयावह दुर्घटना हुँदाको रात आन्ध्र महासागरमा क्यालिफोर्नियन नामको अर्को जहाज पनि तैरिरहेको थियो। उक्त जहाज टाइटानिक भन्दा धेरै टाढा पनि थिएन। तर समयमा सूचना प्राप्त नहुँदा क्यालिफोर्नियन समयमा दुर्घटनास्थलमा पुग्न पाएन र धेरै यात्रुको ज्यान जोगिन पाएन।
४. दुर्घटनाको एक दिन पहिले लाइफबोट ड्रिल अभ्यास गर्ने कायक्रम थियो। तर अन्तिम समयमा उक्त अभ्यास कार्यक्रम रोकियो। यदि लाइफबोट अभ्यास गरिएको भए डुंगाहरुको राम्रो व्यवस्था भएर धेरै यात्रुको ज्यान जोगिन सक्थ्यो होला।
५. टाइाटनिक फिल्मको सबैभन्दा हृदयविदारक दृश्यमध्येको एक हो, जहाज डुबिरहँदा पनि म्युजिक ब्याण्डका सदस्यहरुले संगीत निरन्तर जारी राख्नु। यो काल्पनिक कथा थिएन। वास्तवमा जहाज दुर्घटनाग्रस्त हुने समयमा त्यहाँ त्यस्तै संगीत गुन्जिरहेको थियो।
६. दुर्घटनामा धेरै यात्रु लाइफबोटको सहायताले ज्यान जोगाउन सफल भएका थिए तर लाइफबोटको सही व्यवस्थापन हुन नसक्दा धेरैको ज्यान गयो। कतिपय लाइफबोटमा पर्याप्त ठाउँ छँदाछँदै वा खाली हुँदाहुँदै पनि जहाजका यात्रुलाई राख्न सकिएन।
७. टाइटानिक जहाज बनाउनमा जति खर्च लागेको थियो त्यो भन्दा धेरै खर्च जेम्स क्यामरुनको फिल्म टाइटानिक बनाउन लागेको थियो।
८. टाइटानिकलाई ध्वस्त पार्ने कुख्यात हिम पहाड उक्त दुर्घटना हुनुभन्दा २९ सय वर्ष पहिले नै बनेको थियो।
९. उक्त भिषण दुर्घटनामा जहाजका एक सेफ पनि बँचेका थिए। उनी बच्नुको कारण निकै रोचक छ। वास्तवमा उनले जहाज डुब्नुअघि निकै नै धेरै रक्सी पिएका थिए। अब जसरी पनि मरिन्छ भनेर उनले धेरै पिएको रक्सीले नै उनको जीवन बचायो। उनी समुद्रको पानीमा खसे तर जिउमा धेरै रक्सी भएकै कारण उनको शरीरको तापक्रम धेरै घट्न पाएन र उनको ज्यान जोगियो। टाइटानिकका धेरै यात्रुको अत्यधिक चिसो पानीका कारण मृत्यु भएको थियो।
१०. टाइटानिकमा एक जापानी यात्रु पनि थिए जो दुर्घटनामा बँच्न सफल भए। जापानी सरकारी जागिरे मासाबुमी होसोनो टाइटानिकका एकमात्र जापानी यात्री थिए। तर जब उनी बँचेर जापान फर्किए, उनलाई जहाज छाडेर भागेको आरोपमा सबैले घृणा गरे। उनलाई जागिरबाट पनि हटाइयो र कायरको संज्ञा दिइयो।
११. हिउँको पहाडसँग ठोक्किएर दुर्घटनाग्रस्त हुने टाइटानिक दुनियाँको एकमात्र ठूलो जहाज हो।
-बीबीसी हिन्दीको सहयोगमा