NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन

इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन

 |  सोमबार, भदौ २, २०८२
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २, २०८२

vianetvianet

काठमाडौं- इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी योजनाले कम्तीमा २० बन्धकको ज्यान जोखिममा पार्ने चेतावनी दिएका छन्।

प्रदर्शनकै क्रममा एकदिने राष्ट्रिय हड्तालसमेत आह्वान गरिएको थियो, जसका कारण केही क्षेत्रका सडक, कार्यालय तथा विश्वविद्यालयहरू बन्द रहे। दिनभर चलेको विरोध प्रदर्शनमा करिब ४० जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्।

यता प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने प्रदर्शनको आलोचना गरेका छन्। उनले यस्ता विरोधहरूबाट ‘हमास अझ कठोर बन्न सक्छ’ भन्दै बन्धकको रिहाइमा ढिलाइ हुने चेतावनी दिएका छन्।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथिको आक्रमणपछि सुरु भएको थियो। उक्त हमलामा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले गाजामा बन्धक बनाएको थियो।

Metro Mart

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ६१,००० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन्।

 

प्रकाशित: Aug 18, 2025| 07:37 सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्