बुधबार, भदौ १०, २०८३

सामसङको नयाँ वर्ष योजना सार्वजनिक

 |  शुक्रबार, चैत २३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत २३, २०८०

आगामी नयाँ वर्षको अवसरमा सामसङले ‘स्वागत नयाँ वर्षलाई, बाडौँ खुसी सधैंलाई’ योजना ल्याएको छ। योजनाअन्तर्गत ग्राहकले आफूलाई मन परेको टिभी खरिद गर्दा ३८ प्रतिशतसम्मको र फ्रिज र वासिङ मेसिनको खरिदमा ३० प्रतिशतसम्मको छुट पाउनेछन्।

यस्तै ग्राहकले शून्य प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी फ्रिज र वासिङ मेसिन खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार सो योजना जेठ २ गतेसम्म लागु हुनेछ।

प्रकाशित: Apr 05, 2024| 10:42 शुक्रबार, चैत २३, २०८०
प्रतिक्रिया दिनुहोस्