सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट

गल्फ लुब्रिकेन्ट्सको रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक्स मिट

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

नेपाल ल्युब आयल लिमिटेडले सोलाबाङ, रुकुम (प) र श्रीनगर अटो भिलेज, सल्यानमा आफ्ना रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुसंगको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

National life

नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त कम्पनीले रुकुम (पश्चिम) र सल्यानका लागि आफ्नो आधिकारीक डिलर मध्यपश्चिम सप्लायर्सको सहकार्यमा सम्पन्न भएको थियो।

नेपालका ग्रामीण र शहरी दुवै क्षेत्रमा रहेका रिटेलरहरु तथा प्राइभेट ग्यारेज मेकानिक्सहरुको सल्लाह र सुझाबलिई उहाँहरुको सीप विकाश गर्ने उद्देश्य अनुरुप सो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ।

सोलाबाङका प्रहरी इन्चार्ज लाल बहादुर रोका र सारधा नगरपालिका १२ का वडा प्रमुख सुरेन्द्र बुडाको प्रमुख अतिथित्वमा सम्पन्न भएको थियो। सो कार्यक्रम बिक्रेता र मेकानिक्सहरुले उत्साजनक रुपमा सहभागिता जनाएका थिए। सो कार्यक्रममा २५ जना उत्कृष्ट मेकानिक्सहरुलाई सम्मान पनि गरिएको थियो। साथै, नेपाल ल्युब आयल र मध्यपश्चिम सप्लायर्सको सहकार्यमा श्रीनगर अटोभिलेजलाई शुद्ध पिउने पानीको लागी १५ ली. क्षमता को आरो जडान गरी वडा प्रमुख बुढाको हातबाट उद्घाटन पनि गरिएको थियो।

कार्यक्रममा नेपाल ल्युब आयलका डिलर इन्चार्ज सन्तोष न्यौपानेले गल्फका विभिन्न उत्पादनहरूको बारेमा जानकारी गराएका थिए। उनले नेपाल ल्युब आयलको अटोमोबाइलदेखि उद्योगहरूमा प्रयोग हुने सबै सेग्मेंट्स र ग्रेडका लुब्रिकेन्ट्स, ग्रीजको बारेमा विस्तृतमा जानकारी गराएका थिए। त्यस्तै उनले नेपाल ल्युब आयलले बिक्री गरिरहेको ब्याट्रीको बारेमा पनि प्रस्तुतीकरण दिएका थिए।

Shivam cement

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ। नेपालमा गल्फ ब्राण्ड बिगत ३८बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको छ।

प्रकाशित: Apr 03, 2024| 14:45 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्