बुधबार, वैशाख १९, २०८१

फोनपे र जिएलएन इन्टरनेसनलबीच सम्झौता

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक र जिएलएन इन्टरनेसनल कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क कम्पनी बीच व्यावसायिक सम्झौता भएको छ। दुवै कम्पनी बीच नेपाल र कोरियाबीचको क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो।

triton college

सम्झौतापश्चात् दुई देश बीच क्रस–बोर्डर क्युआर कोड भुक्तानी प्रदान गर्न आवश्यक नियामक प्राविधिक र व्यावसायिक सम्भाव्यतामा काम गरिने भएको छ। यस सहकार्यले कोरियाबाट नेपाल आउने पर्यटकले नेपालमा क्युआर भुक्तानी गर्न सक्नेछन्।

कम्पनीका अनुसार कोरियाबाट नेपाल आउने जिएलएन प्रयोगकर्ताले हाना १ क्यु, केबी वालेट, आइएम बैंक, टोस, हाना मनी र जिएलएन जस्ता बैंकिङ एप्समार्फत फोनपेको स्टोरमा रियलटाइन पेमेन्ट क्युआर भुक्तानी सेवा प्रयोग गर्न सक्छन्।

 

प्रकाशित: Apr 03, 2024| 14:44 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्