बिहीबार, वैशाख २०, २०८१

एनसेल र महिला उद्यमीबीच सहकार्य

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

एनसेल र महिला उद्यमी महासंघ नेपालले देशव्यापी रूपमा महिला उद्यमीको क्षमता अभिवृद्धिका लागि सहकार्य शुरू गरेको छ। सातौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०८० को अवसरमा एनसेल र महासंघले महिला उद्यमीको विकास, दिगो व्यापार वृद्धिका लागि सहजीकरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन समझदारी गरिएको छ।

triton college

ललितपुरको हेरिटेज गार्डेनमा आयोजित मेलामा महासंघ नेपालका अध्यक्ष शोभा ज्ञवाली र एनसेल कर्पोरेट कम्युनिकेशन तथा सीएसआर हेड विशाखा लक्ष्मी खड्काले समझदारीपत्र आदानप्रदान गरेका छन्।

एनसेलले महासंघसँग आबद्ध पाँच हजारभन्दा बढी महिला उद्यमीको क्षमता अभिवृद्धि र डिजिटल साक्षरताका लागि सहयोग गर्नेछ।

 

प्रकाशित: Apr 03, 2024| 13:51 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्