बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • चांगान नेपालको ‘इन्टेलिजेन्स’ र ‘लक्जरी’ इभी सार्वजनिक

चांगान नेपालको ‘इन्टेलिजेन्स’ र ‘लक्जरी’ इभी सार्वजनिक

 |  बुधबार, चैत २१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, चैत २१, २०८०

काठमाडौं– नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ इलेक्ट्रिक एसयुभी दिपल एस०७ मोटर सार्वजनिक गरेको छ ।

triton college

यसको ट्यागलाइन ‘टच द फ्युचर’ले सुझाएजस्तै नयाँ दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरु छन् । यसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउने कम्पनीको दावी छ । दिपल १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्राण्ड रहेकाले चांगानका लागि ‘न्यु इनर्जी भेहिकल’को विकास र उत्पादन गर्छ ।

नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको यो ‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयुभीलाई नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा सार्वजनिक गरेका छन् । दिपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डी म्यापिंग प्राजेक्सन’ गरी गरिएको हो ।

 

प्रकाशित: Apr 03, 2024| 13:45 बुधबार, चैत २१, २०८०
प्रतिक्रिया दिनुहोस्