बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ३० हजार

 |  शुक्रबार, चैत १६, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १६, २०८०

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो।
 
बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ। 

प्रकाशित: Mar 29, 2024| 11:55 शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्