मंगलबार, असार ९, २०८३

सुनको मूल्य हालसम्मकै उच्च

 |  बिहीबार, चैत १५, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १५, २०८०
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ।

बुधबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार आठ सयमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ। बुधबार तेजाबी सुन प्रतितोला रु एक लाख २६ हजार दुई सयमा कारोबार भएको थियो। 

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ। 

प्रकाशित: Mar 28, 2024| 12:34 बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्