शनिबार, चैत २८, २०८२

प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

 |  शुक्रबार, चैत ९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ९, २०८०

National life
kumari

काठमाडौं- बजारमा सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो।

बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो। आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ। यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो।

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ। 

प्रकाशित: Mar 22, 2024| 12:08 शुक्रबार, चैत ९, २०८०
प्रतिक्रिया दिनुहोस्