मंगलबार, वैशाख १८, २०८१

सहकारी पीडित र सरकारबीच सहमति, आन्दोलन स्थगित

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

काठमाडौं- आन्दोलनरत सहकारी पीडित र सरकारबीच सहमति भएको छ। 

triton college

बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी र आन्दोलनरत सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिबीच माग सम्बोधन गर्ने विषयमा ८ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार समस्या देखिएका सहकारी संस्थाहरूको निरीक्षण अनुगमन एवं हिसाबजाँच गरिने छ। त्यसका लागि समिति गठन समेत गरिनेछ। 

'जाँच गर्दा समस्यामा देखिएका सहकारीको पहिचान गरी त्यस्ता संस्थालाई समस्याग्रस्त सहकारीको रूपमा घोषणा गर्नुपर्ने भएमा विस्तृत विवरणसहित सरकारसमक्ष सिफारिस गर्नको लागि,' सम्झौतापत्रमा भनिएको छ, 'पीडित संघर्षरत बचतकर्ता समेतको प्रतिनिधित्व हुने गरी एक स्वतन्त्र, अधिकार सम्पन्न समिति गठन गर्ने र सो समितिको सिफारिसमा त्यस्ता सहकारी संस्थालाई सरकारले समस्याग्रस्त सहकारी घोषणा गरी एकद्वार प्रणाली मार्फत त्यस्ता सहकारीको सम्पत्ति र दायित्वको फरफारक गरी बचतकर्ताको बचत फिर्ता गर्ने प्रक्रिया अबिलम्व थालनी गर्ने।'

सहकारी ऐन, २०७४ को दफा १२२ बमोजिम कसुर गर्ने सहकारीका संचालक, व्यवस्थापक र संलग्न कर्मचारीहरूलाई कानून बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउने समेत सम्झौतामा उल्लेख छ। यस्तै, सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० ले दिएका सुझावहरू तत्काल कार्यान्वयनमा लैजान बचत तथा कर्जा सुरक्षण कोष, कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरण संरचनाहरू स्थापना गरी तत्काल काम अघि बढाउने उल्लेख छ। 

corrent noodles
Metro Mart

'सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्ने गरी राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गर्ने,' सम्झौता पत्रमा भनिएको छ, 'सोही परिदृष्यमा सहकारी ऐन तथा नियमावलीमा सहकारी क्षेत्रबाट पिडितको माग लगायतका विषयहरू संम्बोधन गर्ने गरी तत्काल ऐन, नियमावली संशोधनको प्रकृया यथाशीघ्र अघि बढाइने छ।'

त्यस्तै, वित्तीय सहकारी क्षेत्रको नियमन तथा सुपरिवेक्षणका लागि स्वतन्त्र, स्वायत्त र प्रभावकारी नियमनकारी निकाय तत्काल गठन गर्ने कानून तर्जुमा प्रकृया अघि बढाउने उल्लेख छ। सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।

प्रकाशित: Mar 21, 2024| 20:09 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्