शनिबार, चैत २८, २०८२

सुनको मूल्य हालसम्मकै उच्च

 |  बिहीबार, चैत ८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ८, २०८०

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ दुई हजार ६०० ले बढेको हो। 

National life

छापावाल सुनको मूल्य एक लाख २७ हजार ८०० मा कारोबार भइरहेको छ। तेजावी सुन एक लाख २७ हजार २०० मा कारोबार भएको छ।

बुधबार सोही सुन तोलाको एक लाख २५ हजार २०० मा कारोबार भएको थियो भने तेजावी सुन एक लाख २४ हजार ६०० मा कारोबार भएको थियो। 

यता, चाँदीको भाउ पनि ३५ रूपैयाँले बढेको छ। आज चाँदी एक हजार ५५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको एक लाख ५२० मा कारोबार भएको थियो। 

प्रकाशित: Mar 21, 2024| 11:41 बिहीबार, चैत ८, २०८०
प्रतिक्रिया दिनुहोस्