बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो

 |  मंगलबार, चैत ६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ६, २०८०

काठमाडौं- स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला रु सात सयले बृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २५ हजार दुई सय कायम भएको छ। सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २४ हजार पाँच सयमा कारोबार भएको थियो। 

यस्तै, तेजावी सुन पनि प्रतितोला रु सात सयले बृद्धि भएको छ। महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २४ हजार छ सय कायम गरेको छ। सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २३ हजार नौ सय मूल्यमा कारोबार भएको थियो। 

यसैगरी, चाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ। सोमबार प्रतितोला रु एक हजार पाँच सय २० मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय २५ निर्धारण भएको छ।

प्रकाशित: Mar 19, 2024| 11:09 मंगलबार, चैत ६, २०८०
प्रतिक्रिया दिनुहोस्