बिहीबार, भदौ ११, २०८३

सुन चाँदीको मूल्य घट्यो

 |  सोमबार, चैत ५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, चैत ५, २०८०

काठमाडौं- स्थानीय बजारमा पहेलो धातुको मूल्यमा सामान्य हेरफेर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेको छ।

आइतबार प्रतितोला रु एक लाख २५ हजार मूल्यमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु एक लाख २४ हजार पाँच सय कायम भएको छ। 

यस्तै, तेजाबी सुनको मूल्य आइतबार रु एक लाख २४ हजार चार सय कायम भएकोमा आज भने तोलामा रु पाँच सयले घटेर रु एक लाख २३ हजार नौ सय कायम भएको छ। 

यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। आइतबार प्रतितोला रु एक हजार तीन सय १२ मा कारोबार भएको चाँदी आज भने प्रतितोला रु एक हजार तीन सय तीन निर्धारण भएको छ।

प्रकाशित: Mar 18, 2024| 11:45 सोमबार, चैत ५, २०८०
प्रतिक्रिया दिनुहोस्