आइतबार, वैशाख १६, २०८१

मेट्रो मार्केटको दोस्रो वार्षिकोत्सवमा विभिन्न अफर

 |  आइतबार, चैत ४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, चैत ४, २०८०

काठमाडौं- डीभी ग्रुप अफ कम्पनीजको व्यवस्थापनमा सञ्चालित मेट्रो मार्केट स्थापनाको दोस्रो वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीले सम्पूर्ण ग्राहक वर्ग,  सहकर्मीहरु, विक्रेताहरु र सम्पूर्ण शुभचिन्तकहरुमा धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ।

triton college

मेट्रो मार्केटको दोस्रो वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई लक्की ड्रमार्फत एक वर्षको नि:शुल्क सपिङको व्यवस्था गरिएको छ। साथै ८ वटा स्टोरबाट ८ जना लक्की विजेता छनोट हुनेछन्। यो अफर मेट्रो मार्केटका सबै स्टोरमा लागु हुनेछ। यही चैत १ गतेदेखि आगामी वैशाख ३० गतेसम्म यो अफर लागु हुने बताइएको छ। साथै थुप्रै सामानहरुमा अपत्यारिलो छुट र गिफ्ट ह्याम्परको पनि व्यवस्था गरिएको छ। 

मेट्रो मार्केटले खाद्यान्य, लत्ताकपडा, भाँडाकुँडा, श्रृंगारका सामग्री जस्ता थुप्रै घरेलु सामग्री एउटै छाना मुनी उपलब्ध गराउँदै आएको छ। यसका स्टोरहरु काठमाडौं उपत्यकाका पेप्सीकोला, सानेपा, जोरपाटी, कपन, भैँसेपाटी, शान्तिनगर, बौद्ध कुमारीगाल र सूर्यविनायकमा सञ्चालित छन्।

 

प्रकाशित: Mar 17, 2024| 16:49 आइतबार, चैत ४, २०८०
प्रतिक्रिया दिनुहोस्